कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धमाधम खाली हुँदै आइसोलेसन

कान्तिपुर संवाददाता

सल्यान — कोरोना संक्रमितहरु निको भएर धमाधम घर फर्कन थालेपछि जिल्लाका आइसोलेसन खाली बन्दै गएका छन् ।

धमाधम खाली हुँदै आइसोलेसन

शनिबार मात्रै बन्गाडकुपिण्डे नगरपालिकाको प्रभाकर मावि र लुहापिङस्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनबाट १५ जना संक्रमित निको भएर घर फर्किए ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ सय ४० जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये झण्डै ९६ प्रतिशत निको भएको कार्यालयको तथ्यांक छ । अहिले ८ जना संक्रमितको उपचार भइरहेको कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए । उनका अनुसार शनिबार १४ पुरुष र १ महिलालाई उपचारपछि घर पठाइएको हो ।

सल्यानका १० मध्ये ७ स्थानीय तह कोरोनामुक्त भइसकेका छन् । अहिले बन्गाडकुपिण्डेका ४, कालीमाटीका २ र कुमाख गाउँपालिकाका २ जनाको विभिन्‍न आइसोलेसनमा उपचार भइरहेको छ । ‘उपचार गराइरहेका सबैको अवस्था सामान्य छ,’ उनले भने, ‘थप संक्रमण फैलन नदिन ग्रामीण क्षेत्रमा स्वाब संकलनलाई तीव्रता दिइएको छ ।’

प्रकाशित : श्रावण १७, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?