१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्याला पहिरोमा घाइते भएकी महिलाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — स्यालामा आएको पहिरोले घरसँगै बगाउँदा घाइते भएकी महिलाको शनिबार उपचारको क्रममा मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९ स्यालाकी ६० वर्षीय झुपि कामीको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

साउन १३ गते बिहान घरमाथिबाट आएको पहिराले घर बगाउँदा उनीसहित ४ जना घाइते भएका थिए भने २ जनाको मृत्यु भएको थियो । पहिरोले बगाउँदा झुपिका कान्छा छोरा २२ वर्षीय नविन कामी र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुरको मृत्यु भएको थियो ।

पहिरोमा परि झुपिकै २२ वर्षीया बुहारी व्युझना कामी, व्युझनाका ५ वर्षीया र ३ वर्षीया छोरी घाइते थिए । व्युझना र उनका २ छोरीको अवस्था भने सामान्य छ । १३ गते बिहान ४ बजे आएको पहिरोले झुपिको घर बगाएको थियो । घरसँगै बगेका नविन र बलबहादुरको शव भेटिएको थियो भने झुपिलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए । व्युझना र उनकी २ छोरी पहिरो छिचोलेर भाग्न सफल भएका थिए ।

प्रकाशित : श्रावण १७, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?