२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

गोठाला गएका बालक पहिरोमा पुरिए

भीमबहादुर सिंह

जाजरकोट — गाईबाख्राको गोठाला गएका भेरी नगरपालिका–७  दोकानाका एक बालक शुक्रबार दिउँसो पहिरोमा पुरिएका छन् भने अर्का बालक गम्भीर घाइते भएका छन् । दोकानास्थित जंगलमा गाईबाख्राको गोठालो गरीरहेका १२ वर्षीय खिमबहादुर परियार एक्कासि माथिबाट खसेको पहिरोमा पुरिएका हुन् ।

पहिरोमा परेर उनीसँगै गोठालो गएका १२ वर्षीय प्रदीप विकको बायाँ हात भाँचिनुको साथै टाउकोमा गहिरो चोट लागेको छ । पहिरोमा पुरिएका खिम स्थानीय धनवीर र गम्भीर घाइते भएका प्रदीप मोतीलालका छोरा हुन् ।

पहिरो पुरिएका प्रदीपको स्थानीयले उद्धार गरेको प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय जगतिपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर पहिरोमा पुरिएको बालकको उद्धार कार्य गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?