कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सानी भेरीमा बगेर बालक बेपत्ता 

हरि गौतम

रुकुम पश्चिम — सानी भेरी नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । सानीभेरी गाउँपालिका–९ राङजाका १२ वर्षीय जनार्दन खड्का शुक्रबार दिउँसो बगेर बेपत्ता भएका हुन् ।

९ नम्बर वडाकै सुलीहाले भन्ने ठाउँमा पौडी खेल्ने क्रममा उनी बगेका थिए । अरु साथीहरुसँगै सानी भेरीको सानो भंगालोमा पौडी खेलिरहेका उनी बगेको प्रहरीले जनाएको छ ।

उनी बगेको सूचना पाएसँगै उनको खोजी भइरहेको छ । बगेको ठाउँ सुलिहालदेखि सानी भेरी गाउँपालिकाकै १ नम्बर वडा चाइना बगरसम्म उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी उनको खोजीमा जुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?