कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुकुम पश्‍चिममा कोरोना संक्रमण देखिएका २७ जना नै निको भए

हरि गौतम

रुकुम पश्चिम — दुई जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बनेको छ । ती दुई संक्रमित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारमा थिए । बिहीबारमात्रै चौरजहारी अस्पतालको आइसोलेसनबाट ६ जना संक्रमित डिस्चार्ज भएका थिए । जिल्लाका २७ जना व्यक्तिमा कोरोना संक्रमण भएको थियो ।

रुकुम पश्‍चिममा कोरोना संक्रमण देखिएका २७ जना नै निको भए

सबै जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । उनका अनुसार जिल्लाका ६ मध्ये ५ स्थानीय तहमा संक्रमण देखिएको थियो । चौरजहारीका २०, बाँफिकोटका ३, सानीभेरीका २, मुसीकोट र त्रिवेणिका १/१ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म आठबीसकोट नगरपालिकाका कसैलाई पनि कोरोना संक्रमण भएको छैन ।

प्रकाशित : श्रावण १६, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?