छायाँनाथ तीर्थयात्रा सुरु

राजबहादुर शाही

मुगु — छायाँनाथ धाममा मंगलबारदेखि तीर्थयात्रा सुरु भएको छ । कोरोना महामारीका कारण जिल्लाबाहिरका दर्शनार्थीलाई निषेध गरि तीर्थयात्रा थालिएको हो ।

छायाँनाथ तीर्थयात्रा सुरु

छायाँनाथ रारा नगरपालिका–२ चैनगाउँको छायाँनाथ मन्दिरमा पूजाआजा गरी पुजारी, स्थानीयबासी र सुरक्षाकर्मीले शिवजीको मूर्ति मुगूम कार्मारोङ गाउँपालिकास्थित छाँयानाथ मन्दिरमा लगिएको छ । मंगलबारदेखि सुरु भएको तीर्थयात्रा जनै पूर्णिमाको दिन सकिनेछ ।

हरेक वर्ष साउन शुक्लपक्षको अष्टमीका दिन छाँयानाथ मन्दिरको मूर्ति साविका डोल्फु गाविसस्थित छाँयानाथ मन्दिरमा लैजाने परम्परा छ । शिवजीको मूर्ति जनै पूर्णिमाको दिनसम्म डोल्फुमा राखिने पुजारी भीमप्रसाद चौलागाईले बताए । उनका अनुसार उक्त मन्दिरमा मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाका धामी–झाक्री पूजाका लागि आउने गरेका छन् ।

कोरोना संक्रमण बढिरहेको भन्दै स्थानीय प्रशासनले जिल्लाबाहिरका तीर्थालुलाई तीर्थयात्रामा रोक लगाएको छ । विशेष सतर्कता अपनाइ तीर्थयात्रा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । उनका अनुसार मंगलबारदेखि सुरु भएको तीर्थयात्रा ९ दिनपछि सकिनेछ ।

प्रकाशित : श्रावण १३, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?