कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा

ज्योति कटुवाल

दैलेख — कोरोना संक्रमितको संख्या बढेको भन्दै ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । बुधबार १६ जनामा कोभिड-१९ पुष्टि भएपछि समुदायस्तरमा फैलिन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताएका छन् ।

दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा

बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिएको बताउँदै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेक, दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेला, जमघट, नगर्न र आवतजावत नगर्न/नगराउन भन्दै निषेधाज्ञा जारी गरिएको प्रजिअ कट्टेलको भनाइ छ ।

असार २४ गते गाउँपालिकाका ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १६ जना कोरोना पोजिटिभ देखिएको थियो ।

कोरोना प्रयोगशाला दैलेखले गरेको पछिल्लो परीक्षणमा दैलेखका आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका २४ जनामा कोरोना देखिएको छ ।

प्रकाशित : श्रावण ८, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?