१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाली जोगाउनै मुस्किल

सल्यान — बनगाड कुपिण्डे नगरपालिका–१ का किसान छाडा पशु चौपायाबाट बाली जोगाउन दिनरात पहरा दिन बाध्य छन् ।

बाली जोगाउनै मुस्किल

सल्लीबजार आसपासका क्षेत्रबाट खेतबारीमा पस्ने चौपायाले भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयले पालो लगाएर पहरा दिन थालेका हुन् ।

पहरा दिनका लागि स्थानीयले खेत क्षेत्र नजिकै छुट्टाछुट्टै त्रिपाल टाँगेका छन् । ‘छाडा पशु हुल बाँधेर खेतमा पस्‍न थाले,’ स्थानीय किसान राजु बुढाले भने,‘बाली जोगाउन पालो पालो खेतको छेउमा बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार छाडा चौपायाका कारण सल्लीबजार आसपासका १ सय बढी किसान परिवार प्रभावित छन् ।

वर्षभरीको गुजारा चलाउन लगाएको धानबाली चौपायाले नष्ट पार्न थालेको अर्का किसान भोलाप्रसाद बस्तेतले बताए । ‘बरु सलहले खासै क्षति पुर्‍याएको छैन,’ उनले भने,‘छाडा पशुबाट बाली जोगाउनै मुस्किल भयो ।’

उनका अनुसार ३ सातादेखि सबै घरका १/१ जना त्रिपालमा आएर बस्‍न थालेका हुन् । शारदा नगरपालिकाको खलंगा र सल्लीबजार, छत्रेश्वरी, त्रिवेणीलगायत बजार छेउछाउमा लगाइएका बाली पनि छाडा चौपायाले नष्ट पार्न थालेपछि किसान आजित छन् ।

प्रकाशित : श्रावण ४, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?