स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

राजबहादुर शाही

मुगु — कोरोना महामारी नियन्त्रणमा खटिएका सोरु गाउँपालिकाका स्वास्थ्यकर्मीले अझै जोखिमपूर्ण भत्ता पाएका छैनन् ।

स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

गाउँपालिकाले स्थापना गरेका हेल्प डेस्क,क्‍वारेन्टाइन र आइसोलेसनमा खटिएका ३५ पुरुष र ३ महिला स्वास्थ्यकर्मीले गत चैतदेखि असार मसान्तसम्मको भत्ता नपाएका हुन् ।

गत चैत तेस्रो साता बसेको गाउँ कार्यपालिका बैठकले कोराना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई खाना र खाजाबापत प्रतिदिन १ हजार रुपैयाँका दरले जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

निर्णय भएको ४ महिना बितिसक्दा पनि भत्ता पाउन नसकेको नरेघाट हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी टक्क शाहीले बताए । ‘भत्ता आउँछ भनेर २४ सै घण्टा खटिएका थियौं,’ उनले भने, ‘भत्ता नआउँदा खाना खर्च र कोठाभाडा तिर्न मुस्किल भयो ।’ उनी चैतदेखि हेल्थ डेस्क नजिकै कोठा भाडामा लिएर बसिरहेका छन् ।

गाउँपालिकाले चैतमा नरेघाटसहित तारापानी, पैमा, बालुकुना, गुल्मामा हेल्थ डेस्क स्थापना गरेको थियो भने नार्थुपमा आइसोलेसन निर्माण गरिएको छ ।

बजेट अपुग भएपछि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकिएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । चालू आर्थिक वर्षको बजेटबाट भत्ताबापतको रकम प्रदान उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ४, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?