सल्यानमा बैंकको सटरमा राखिएको बम सेनाद्वारा निष्क्रिय

विप्लव महर्जन

सल्यान — मुक्तिनाथ विकास बैंकको बागचौर नगरपालिकास्थित शाखा कार्यालयको सटरमा बिहीबार बिहान भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ । 

सल्यानमा बैंकको सटरमा राखिएको बम सेनाद्वारा निष्क्रिय

सिमखर्कस्थित सबुज गणबाट आएको टोलीले बम निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

आसपासका क्षेत्र बिहानैदेखि सिल गरिएकोमा बम निष्क्रिय बनाएपछि स्थानीयलाई आउजाउ गर्न दिइएको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक लीलाभक्त बाँदेले बताए । उनका अनुसार उक्त बाल्टिन बममा जनपरिषद् सल्यानको नाममा पर्चा टाँसिएको थियो । त्यसमा कोरोना महामारी तथा लकडाउनका बेला बैंक तथा लघुवित्तले मनपरी ब्याज असुली गरेको उल्लेख थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिने जनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले कोरोना महामारीमा पनि किसानलाई ऋण तिर्न बाध्य पारिएकाले बैंकमा बम राखिएको दाबी गरेको छ ।

प्रकाशित : श्रावण १, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?