१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिलाम्य सडकले मुगुमा सास्ती [तस्बिरहरु]

राजबहादुर शाही

मुगु — हिलाम्य सडकले गर्दा सवारी चालक सास्ती खेप्न बाध्य छन् । वर्षात सुरुभएपछि गमगढी नाग्मा सडकका विभिन्न स्थान हिलाम्य हुँदा जीप, बस, मालवाहक ट्रक र मोटरसाइकललाई आउजाउ गर्न सास्ती हुन थालेको छ ।

हिलाम्य सडकले मुगुमा सास्ती [तस्बिरहरु]


गमगढी बजारदेखि ताल्चा विमानस्थलको ९ किलोमिटर सडक हिलाम्य हुँदा सवारीसाधनलाई आउजाउ गर्न मुस्किल हुन थालेको छ ।गाडीहरु हिलोमा फस्दा निकाल्न सास्ती हुने गाडी चालक प्रमिश महर्जनले बताए । हिलाम्य सडकले गर्दा सुर्खेतदेखि गमगढी पुग्न १२ दिन लाग्ने उनले बताए ।

गमगढीदेखि ताल्चासम्मको सडकखण्ड फराकिलो बनाउन सडक डिभिजन कार्यालयले डोजर लगाएर खन्दा झन् हिलाम्य भएको छ । जुम्ला सिजा क्षेत्रको सडकखण्डको अवस्था उस्तै छ । गमगढी नाग्मा सडक सञ्चालनमा आएको सात वर्षसम्म कालोपत्र नहुँदा वर्षाको समयमा हिलाम्य हुने गरेको छ ।

सुर्खेत नेपालगञ्जदेखि खाद्यान्न व्यापारीको सामान, विकास निर्माणका समाग्री ल्याएर आएका मालवाहक सवारी हिलोमा फसेर निकाल्नै समस्या हुने सवारी चालक बताउँछन् । चालकहरु हिलोमा फसेका गाडी निकाल्दै सडकमा खाना पकाएर खाँदै आउजाउ गर्न बाध्य भएका छन् ।

सरकारले गमगढी नाग्मा सडक खण्डको ९४ किलोमिटर कालोपत्र नगर्दा बर्खामा हिलाम्य र घाममा धुलाम्य हुने गरेको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ले बताए । सडक सञ्चालनमा आएको सातवर्षसम्म कालोपत्र नहुादा मुगुबासीलाई सास्ती खेप्नु परेको उनको भनाइ छ ।


प्रकाशित : असार ३०, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?