३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जुम्ला पुग्यो सलह

१ किलो छोप्नेलाई २ सय 
एलपी देवकोटा

जुम्ला — हिमाली जिल्ला जुम्लामा सलह देखिएको छ । पातारासी र गुठिचौर गाउँपालिकाका विभिन्‍न क्षेत्रमा सलह देखिएपछि किसान चिन्तित बनेका छन् ।

जुम्ला पुग्यो सलह

छिमेकी जिल्ला जाजरकोट हुँदै सलह जुम्ला प्रवेश गरेको कृषि प्राविधिकको अनुमान छ । स्थानीयका अनुसार पातारासी गाउँपालिका– १ र २ मा धेरै संख्यामा सलह देखिएको हो ।

सलहले मकै र आलु बारीमा क्षति पुर्‍याउन थालेको किसान हर्ष रावतले बताए । उनका अनुसार बारीमा सलहको झुन्ड देखिएपछि थाल ठटाउँदै धपाउन थालिएको छ । ‘घोगा लागिसकेको मकै सलहको झुण्डले सखाप पार्न थाल्यो,’ उनले भने, ‘समयमै नियन्त्रण गर्न नसकिए ठूलो क्षति पुर्‍याउने देखियो ।’

चन्दननाथ नगरपालिकाको तलिचौरमा पनि सलह देखिएको कृषि विकास कार्यालयले जनाएको छ । सलह देखिएसँगै क्षतिको विवरण संकलन गर्न थालिएको कृषि विकास प्रमुख बालकराम देवकोटाले बताए । ‘सलहको झुण्ड भगाउन किसानलाई बाजा बजाउन, ठूलो स्वरमा कराउन र थाल ठटाउन अनुरोध गरेका छौं,’ उनले भने, ‘जुम्ला हुँदै सलहको केही झुण्ड मुगु गएको छ ।’

सलह छोपेर ल्याउनेलाई पातारासी गाउँपालिकाले प्रतिकिलो २ सय रुपैयाँ दिने घोषणा गरेको छ । किसानले सलह छोपेर कृषि शाखामा बुझाएपछि रकम प्राप्त गर्नेछन् ।

प्रकाशित : असार २९, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?