कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पहिरोले ट्यांकी र पाइप बगाएपछि खानेपानी अभाव

सल्यान — पहिरोले जुगेपानी–तलझरे–काफलनेटा–उल्लेरी खानेपानी आयोजनाको ट्यांकी र पाइप बगाएपछि दार्मा गाउँपालिका–५ मा खानेपानी अभाव भएको छ । खानेपानी अभाव भएपछि स्थानीयवासीले आकासेपानीको भरमा गुजारा चलाउन बाध्य छन् ।

पहिरोले ट्यांकी र पाइप बगाएपछि खानेपानी अभाव

ट्यांकी र पाइप बगाएपछि दार्माका १ सय ७५ घरमा खानेपानी अभाव भएको हो । खानेपानी अभाव भएपछि दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता भएको स्थानीय कर्णबहादुर खड्काले बताए । ‘पानी नपरेको दिन डेढ घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरसफाइका काम पनि प्रभावित भएका छन् ।’ उनका अनुसार पहिरोले गाउँका २ घर र सिँचाइ कुलोमा समेत क्षति पुर्‍याएको छ ।

अविरल वर्षापछि आएको पहिरोले २ करोड २२ लाख रुपैयाँको लगानीमा निर्माणाधीन योजनामा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए । पहिरोले क्षति पुर्‍याएको स्थानमा मर्मतका लागि प्राविधिक खटाइएको उनले बताए ।

प्रकाशित : असार २४, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?