नीति तथा कार्यक्रम नल्याएको भन्दै तीन पालिकालाई स्पष्टीकरण सोधिने 

छपाल लामा

हुम्ला — जिल्ला समन्वय समितिले पालिकाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । हुम्लाका ७ मध्ये ४ गाउँपालिकाले मात्र जिल्ला सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि ३ गाउँपालिकालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । 

अदानचुली, ताजाकोट र चंखेली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत नगरेको भन्दै स्पष्टीकरण सोध्न थालिएको हो ।

जिल्ला सभामा सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकाले मात्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको जिसस प्रमुख दानबहादुर रावतले बताए । ‘सभामा उपस्थिति नजनाएका गाउँपालिकालाई स्पष्टीकरण सोधी बोधार्थ संघीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरिएको छ,’ उनले भने, ‘स्थानीय तहलाई जवाफदेही बनाउन स्पष्टीकरण सोध्न थालेका हौं ।’



प्रकाशित : असार २४, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?