रारा निकुञ्जको राजस्व घट्यो 

राजबहादुर शाही

मुगु — कोरोना महामारी र लकडाउनका कारण यस वर्ष रारा राष्ट्रिय निकुञ्जको राजस्व घटेको छ । गत वर्ष ३५ लाख २७ हजार रुपैयाँ संकलन भएकोमा यस वर्ष ३२ लाख मात्र राजस्व उठेको निकुञ्जले जनाएको छ ।

रारा निकुञ्जको राजस्व घट्यो 

अघिल्लो वर्षको तुलनामा यो वर्ष झन्डै ४ लाख रुपैयाँ राजस्व घटेको निकुञ्जले जनाएको छ । निकुञ्जले चालु आर्थिक वर्षमा ४० देखि ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत साउनदेखि फागुनसम्म मात्र २७ लाख राजस्व उठेको कामु प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए । उनका अनुसार चैत, वैशाख र जेठ महिनामा राजस्व संकलन भएन । ‘निकुञ्जमा झन्डै ९० प्रतिशत राजस्व पर्यटकबाट संकलन हुन्छ,’ उनले भने, ‘बाँकी राजस्व वन पैदावार, दण्ड–जरिवाना, टेन्डरलगायतबाट उठाइरहेका छौं ।’

निकुञ्जले आन्तरिक पर्यटकबाट १ सय, सार्क राष्ट्रका पर्यटकबाट १ हजार ५ सय र अन्य मुलुकबाट आउनेहरुबाट ३ हजार रुपैयाँ प्रतिव्यक्ति राजस्व लिने गरेको छ ।

प्रकाशित : असार २२, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?