कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटको कैनाखोलाले बगाउँदा एक जना बेपत्ता

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका ४, औलका ५० वर्षीय शान्तबहादुर सार्की कैनाखोलाले बगाएर बेपत्ता भएका छन् ।

आइतबार राति ९ बजे नलगाड–३, कैनाबजारबाट घर फर्कने क्रममा खोलामा बेपत्ता भएका हुन् । ८ वर्षीय छोरासँग घर फर्कंदै गर्दा खोला तर्ने क्रममा सार्की बेपत्ता भएको प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।

छोरालाई किनारमा राखेर आफू एक्लै खोला तर्न लाग्दा बगेको डीएसपी श्रेष्ठले बताए । बुवालाई खोलाले बगाएको नाबालक छोराले कैनाबजारका स्थानीयलाई जानकारी गराएका थिए । बपत्ता सार्कीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : असार २२, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?