सल्यानमा सेनाको सहयोगमा प्रसूतिगृह निर्माण

सल्यान — नेपाली सेनाको सहयोगमा दार्मा गाउँपालिकामा प्रसूतिगृह निर्माण गरिएको छ ।

सल्यानमा सेनाको सहयोगमा प्रसूतिगृह निर्माण

स्थानीय स्वास्थ्यचौकीमा प्रसूति सुविधा नहुँदा गर्भवती महिलालाई चेकजाँच गराउन बाग्चौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजानुपर्ने बाध्यता थियो । सेनाले गाउँपालिकाका झन्डै ७ सय महिलालाई लक्षित गरी प्रसूति गृह निर्माण गरेको हो ।

गाउँमा प्रसूतिगृह नहुँदा महिलाहरु ज्यान जोखिममा राखी सुत्केरी हुन बाध्य थिए । नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलको संयोजन तथा सिमखर्कस्थित सवुज गणको २५ लाख रुपैयाँ लगानीमा बर्थिङ सेन्टरका लागि भवन निर्माण गरिएको हो ।

सेनाको सहयोगमा ४ कोठे प्रसूती गृह निर्माण भएपछि गर्भवती महिलालाई राहत मिलेको गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । उनका अनुसार सेनाले आवश्यक उपकरण र औषधिसमेत उपलब्ध गराएको छ ।

प्रकाशित : असार २१, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?