कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हुम्लामा सामान ढुवानीमा हवाइ कम्पनीको प्रतिस्पर्धा

छपाल लामा

हुम्ला — सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ । यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । 

ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीको मौज्दात बढेको छ । अहिले नेपालगन्ज र सुर्खेतबाट दैनिकजसो निजी एयरलाइन्सले उडान भरिरहेको निर्माण व्यवसायी शक्तिसिंह ऐडीले बताए । ‘कुनै बेला जहाजले सामान ढुवानी गर्न नमान्दा नेपालगन्ज र सुर्खेतमा निर्माण सामग्री लामो समयसम्म थन्क्याउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले निर्माण सामग्रीको अभाव नभएपछि विकास निर्माणका काम सहज बनेका छन् ।’ लकडाउनयता सामान ढुवानीको सिन्डिकेटसमेत हटेको उनको भनाइ छ ।

यात्रुको चाप नहुँदा पनि सामान ढुवानी सहज बनेको सीता एयरलाइन्स, सिमकोटका स्टेसन प्रमुख छेबेल लामाले बताए । उनका अनुसार सीता एयरले अहिले नेपालगन्ज र सुर्खेतबाट प्रतिकिलो ९५ रुपैयाँमा सामान ढुवानी गरिरहेको छ । सिमकोट विमानस्थलका अनुसार समिट एयर र तारा एयरले १ सय रुपैयाँ प्रतिकिलो सामान ढुवानी गरिरहेको छ ।

प्रकाशित : असार १७, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?