१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

च्यांग्रा स्रोत केन्द्रको १ करोड बजेट फ्रिज 

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको चित्तैमा च्यांग्रा स्रोत केन्द्र स्थापना गर्न प्रदेश सरकारले पठाएको १ करोड बजेट फ्रिज जाने भएको छ । 

कर्णाली सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत स्रोत केन्द्र स्थापना गर्न बजेट पठाएको थियो ।

कोटेसन आव्हानमा ढिलाइ र लकडाउनका कारण काम गर्न समस्या भएपछि बजेट फिर्ता जाने निश्चित भएको पशुसेवा कार्यालय प्रमुख भिमचन्द वुढाले बताए । ‘लकडाउन खुकुलो भएपछि भवन निर्माण गर्न खोजे पनि २० लाख रुपैयाँ पनि खर्च हुन मुस्किल देखियो,’ उनले भने, ‘काम नभएपछि अधिकांश रकम फ्रिज जाने भएको छ ।’ उनका अनुसार चीनसँग सीमा जोडिएकाले मुगुमकार्मारोङ गाउँपालिकामा च्यांग्रापालन उपयुक्त मानिएको छ ।

चरिचरन क्षेत्र पनि प्रशस्त भएकोले चित्तैमा केन्द्र स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । बजेट फ्रिज जाने भएपछि व्यावसायिक च्यांग्रापालनमा आकर्षित भएका किसान निरास बनेको उनले बताए ।

प्रकाशित : असार १६, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?