जाजरकोटमा लेदो मिसिएको भेलमा पुरिएर एक शिशु बेपत्ता

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारा गाउँको पाटे खोलामा आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिनाका शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयले उद्दार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाउने तयारी भइरहेको डीएसपी किरोशकुमार श्रेष्ठले बताए ।

प्रकाशित : असार १५, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?