हुम्ला पुगेर डा.केसीले चलाए शिविर

राजबहादुर शाही

मुगु — लकडाउनकै बीच डा. गोविन्द केसीले हुम्लाको ताजाकोट गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा झन्डै डेढ सय बिरामीको उपचार गरिएको छ ।

हुम्ला पुगेर डा.केसीले चलाए शिविर

केसी हिँडेरै ताजाकोट पुगेका हुन् । सुदूरपश्चिमको दार्चुला, डडेल्धुरा, बाजुरा हुँदै उनी हुम्ला पुगेका थिए । सामाजिक दूरी कायम गर्दै स्थानीयलाई हाडजोर्नीसम्बन्धी उपचार प्रदान गरेको केसीले बताए ।


ताजाकोट गाउँपालिकाको महिला स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । गाउँमै डाक्टर पुगेपछि विपन्न बिरामीले वर्षौपछि उपचार पाएको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए ।

प्रकाशित : असार १४, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?