२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

क्वारेन्टाइनबाट भागेका संक्रमित खोज्न दैलेखमा प्रहरी परिचालन

ज्योति कटुवाल

दैलेख — नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितहरु भागेपछि उनीहरुलाई फर्काउन प्रहरी परिचान गरिएको छ । संक्रमितहरु बिहीबार राति भागेर गाउँतिर गएपछि शुक्रबार प्रहरी परिचालन गरिएको  हो  । उक्त क्वारेन्टाइनबाट २१ जना संक्रमति भागेका छन् ।

क्वारेन्टाइनबाट भागेका संक्रमित खोज्न दैलेखमा प्रहरी परिचालन

१२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै संक्रमतिहरु क्वारेन्टाइनबाट भागेको स्थानीय नैना राना मगरले बताइन् । भैरव माध्यमिक विद्यालय नौमुले बजारमा रहेको क्वारेन्टाइनमा २ जना महिलासहित ९२ जना कोरोना संक्रमित बस्दै आएका थिए ।

‘भागेकाहरुमध्ये केहीलाई बिहीबार राति नै ल्याएको प्रहरीको भनाइ छ भने गाउँ पुगेका बाँकीलाई लिन नौमुलेबाट थप प्रहरी टोली परिचालन गरेको नौमुले प्रहरी चौकीको बतायो । संक्रमित भागेको खबर सुन्ने बित्तिकै जिल्लाबाट थप प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख हरिबहादुर ओलील बताए । गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए ।

प्रकाशित : असार १२, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?