१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हिमपहिरोले बाटो बन्द हुँदा  गाउँसभा स्थगित

छपाल लामा

हुम्ला — हिमपहिरोले बाटो अवरुद्ध भएपछि नाम्खा गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । पहिरोका कारण लिमीका जनप्रतिनिधि उपस्थित हुन नसकेपछि गाउँसभा स्थगित भएको हो ।

हिमपहिरोले बाटो बन्द हुँदा  गाउँसभा स्थगित

लिमीबाट गाउँपालिका कार्यालय पुग्‍न ३ दिनको पैदल दूरी छ । बाटो अवरुद्ध भएपछि शनिबारका लागि सभा सारिएको अध्यक्ष विष्णु लामाले बताए । उनका अनुसार लिमी नजिकैको क्षेत्रमा हिमपहिरो खसेको छ । ‘तोकिएकै समयमा गाउँसभा गर्न समस्या भएपछि ३ दिनका लागि सारिएको हो,’ उनले भने, ‘सभाका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।’

अदानचुलीले पनि शनिबार गाउँसभा गर्ने निर्णय गरेको छ । सर्केगाड, ताजाकोट र चंखेलीमा तयारी नपुगेपछि गाउँसभा अनिश्चित बनेको छ ।

हुम्लामा सिमकोट र खार्पुनाथले मात्र समयमै गाउँसभा सकेका छन् । खार्पुनाथमा ३५ करोड ३८ लाख र सिमकोटमा ४० करोड ६९ लाख रुपैयाँको बजेट पारित गरिएको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको खार्पुनाथका प्रवक्ता भिमराज शाहीले बताए । उनका अनुसार गाउँसभाबाट ५ वटा विधेयक पारित गरिएको छ ।

सिमकोटले कृषि, स्वास्थ्य र स्थानीय उत्पादनलाई पहिलो प्राथमितामा राखी नीति तथा कार्यक्रम पारित गरिएको जनाएको छ ।

प्रकाशित : असार ११, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?