नगरप्रमुखमाथि खुर्सानीको धुलो प्रहार

राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगरप्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ ।

बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका हुन् । आफूलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको नगरप्रमुख शाहीले बताए ।

खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार असन्तुष्ट नेकपाका जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी फुटाएका छन् ।

प्रकाशित : असार ११, २०७७ ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?