सल्यानमा ४१ कोरोना संक्रमित निको भएर घर फर्किए

विप्लव महर्जन

सल्यान — कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराइ रहेका सल्यानका ४१ जना निको भएर मंगलबार घर फर्किएका छन् ।

सल्यानमा ४१ कोरोना संक्रमित निको भएर घर फर्किए

सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आइसोलेसनमा बसेर उपचार गराइरहेका ३६ र जिल्ला अस्पताल सल्यानबाट पाँच जना घर फर्किएका हुन् ।

घर फर्कनेमा बन्गाड कुपिण्डे नगरपालिकाका ३५ र दार्मा गाउँपालिकाका ६ जना रहेका छ्न । स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरका अनसार कोरोना ठिक भएर घर फर्किएका ४१ जना मध्ये ४० पुरुष र एक महिला छन । उनीहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फकाईएको हो ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, कुमाख र कपुरकोट गाउँपालिकामा गरी अहिलेसम्म एक सय ३७ कोरोना संक्रमित देखिएका र उपचारपछि ठिक भएर घर फर्कनेको संख्या ५४ जना पुगेको उनले जानकारी दिए ।

‘कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएका बन्गाड कुपिण्डे नगरपालिकाका ११ जना सोमबार र दुई जना केही दिन अघि गरी १३ जना ठिक भएर घर फर्किसकेका छन्,’ उनले भने, ‘घर फर्किएका र संक्रमित देखिएका थप अन्यको अवस्था सामान्य रहेको छ । घर फर्किएकाहरु एक साता होम क्वारेन्टाइनमा बस्नेछन् ।’

प्रकाशित : असार २, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?