कालीकोटका २५ कोरोना संक्रमित निको भएर घर फर्किए

तुलाराम पाण्डे

कालीकोट — भारतबाट फर्किएका २५ कोरोना संक्रमितलाई दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आइतबार घर पठाइएको छ । संक्रमण पुष्टि भएपछि उनीहरुलाई २ सातादेखि आइसोलेसनमा राखिएको थियो । 

कालीकोटका २५ कोरोना संक्रमित निको भएर घर फर्किए

सत्यदेवी मावि जुविथामा राखिएका संक्रमितहरु कोरोना निको भएर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए । उनका अनुसार शुभालिकाका १२, महाबैका ८, खाडाचक्रका २, तिलागुफा, पलाता र बाजुराका १/१ जना संक्रमणमुक्त भएका हुन् ।

भारतको उत्तराखण्डमा मजदुरी गरेर घर फर्किने क्रममा बाटोमा संक्रमित भएको महाबै–२ का पर्वे सुनारले बताए । उनले उत्तरखण्डमा कोरोनाको प्रभाव नभए पनि दिल्ली र बम्बईबाट आएकासँग बाटोमा सँगै आउँदा संक्रमण भएको दाबी गरे ।

कोरोना जितेर घर फर्किएका नागरिकलाई स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डा. भिष्म पोखरेलले बिदाइ गरे । कालीकोटमा अहिले २ हजार ८० जना क्वोन्टाइनमा छन् भने ३ हजार १३ जना घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?