१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेवारिस भवनमा सर्‍यो पूर्वाधार कार्यालय

सरकारी बेवास्ताका कारण लामो समयसम्म बेवारिस बनेको जिल्ला समन्वय समिति जुम्लाको अतिथिगृह भवन पुनर्निर्माण गरी पूर्वाधार विकास कार्यालय सारिएको छ ।
एलपी देवकोटा

जुम्ला — सरकारी बेवास्ताका कारण लामो समयसम्म बेवारिस बनेको जिल्ला समन्वय समितिको अतिथिगृह भवन पुनर्निर्माण गरी पूर्वाधार विकास कार्यालय सारिएको छ । गत जेठ १० गते कान्तिपुर दैनिकमा ‘अतिथिगृह बेवारिसे’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

बेवारिस भवनमा सर्‍यो पूर्वाधार कार्यालय

बेवारिस बनेपछि अथितिगृह लामो समयसम्म सार्वजनिक शौचालय र पशुचौपायाको ओत लाग्ने ठाउँको रुपमा परिणत भएको थियो । जिल्लामा आउने सरकारी पदाधिकारीको आवासका लागि साबिक जिल्ला विकास समितिले अथितिगृह निर्माण थालेको थियो । तर संरचना परिवर्तन भएसँगै जिल्ला समन्वय समितिले भवन नबुझ्दा लामो समयसम्म बेवारिस बनेको हो । बेवारिस भवनको मर्मतसम्भार गरी प्रयोगमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख रुपक रावलले वताए । ‘भाडामा बस्नुभन्दा सरकारी भवन पुनर्निर्माण गरेर प्रयोग गर्न थालेका हौं,’ उनले भने, ‘भवन निर्माणको काम पूरा भएपछि सेवाप्रवाह थालिएको छ ।’ उनका अनुसार झन्डै एक वर्ष लगाएर भवन पुनर्निर्माण गरिएको हो ।

भवन बाहिरबाट हेर्दा आकर्षक देखिए पनि लामो समय बेवारिस भएपछि जीर्ण बन्दै गएको थियो । पूर्वाधार कार्यालय बसेपछि सरकारी सम्पत्तिको संरक्षण भएको स्थानीय चेत रोकायले बताए । ‘पुनर्निर्माण नहुँदासम्म टाढैबाट हिँड्दा पनि दुर्गन्ध फैलन्थ्यो,’ उनले भने, ‘सबैको पायक पर्ने ठाउँमा कार्यालय सरेकाले सेवाप्रवाह सहज हुने आशा छ ।’

प्रकाशित : जेष्ठ ३१, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?