निजी क्षेत्र धरापमा पर्दै गएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलनमा

चाँदनी कठायत

वीरेन्द्रनगर — निजी क्षेत्र धरापमा पर्दै गएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले निजी क्षेत्रका लागि विशेष राहत प्याकेज घोषणालगायत माग गर्दै बुधबार शान्तिपूर्ण विरोध जुलुस निकालेको हो ।

निजी क्षेत्र धरापमा पर्दै गएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलनमा

व्यवसायीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सातबुँदे मागपत्र पेश गरेका छन् । लकडाउनको समयमा ठप्प रहेका उद्योग–व्यवसायलाई सरकारले विशेष आर्थिक अनुदान दिनुपर्ने व्यवसायीको माग छ ।

लकडाउन अवधिसम्म काम गरिरहेका श्रमिक र कर्मचारीको तलब भुक्तानीका लागि ५० प्रतिशत आर्थिक सहयोग गर्न माग गरिएको संघका अध्यक्ष धनबहादुर रावतले बताए ।

उनले लकडाउन अवधिभर वैंक ब्याज, घरभाडा, राजस्व, महशुल र शुल्क निश्चित अवधिका लागि मिनाहा गर्न सरकारसँग आग्रह गरिएको जनाए ।

प्रकाशित : जेष्ठ २८, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?