कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वृद्ध पक्राउ 

विप्लव महर्जन

सल्यान — १३ वर्षिया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बन्गाड कुपिण्डे नगरपालिकाका ५६ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वृद्ध पक्राउ 

घर नजिकैको जंगलमा बाख्रा चराउनको गएको समयमा मौका छोपी ती वृद्धले बालिकलाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

बालिकाले घरमा जानकारी गराएपछि वृद्धलाई बलत्कारको प्रयास गरेको पाँच दिनपछि घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताएका छन ।

पक्राउमा परेका ती वृद्धलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धानका जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २८, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?