१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सोती घटनामा थप दुई पक्राउ

भीमबहादुर सिंह

जाजरकोट — प्रहरीले रुकुम पश्चिमको सोती घटनामा संलग्न भएको भन्दै बुधबार भेरी नगरपालिका–४ का इन्द्रबहादुर मल्लसहित २ जनालाई पक्राउ गरेको छ । कल डिटेलका आधारमा पक्राउ गरिएका इन्द्रबहादुर सोती गाउँका मल्ल परिवारका आफन्त हुन् ।

उनको परिवार लामो समयमा भेरी नगरपालिका ४, गैरीखालीमा बसोबास गर्दै आएको छ । गत १० गते घटना हुनुअघि नवराजहरूको समूह केटी भगाउन आएको भनी इन्द्रबहादुरले फोनमार्फत सोती गाउँका मल्ल परिवारलाई सुराकी गरेको पीडित परिवारले आरोप लगाएको छ । उनले घटनाको केही दिनअघि पनि ‘तिमीलाई मल्ल ठकुरीको सम्धी बन्ने विचार छ र ?’ भनी धम्क्याएको मृतक नवराजका बाबु मुनिलालले बताए ।

इन्द्रबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम पठाइएको जाजरकोट प्रहरीप्रमुख किशोरकुमार श्रेष्ठले बताए । त्यस्तै प्रहरीले उक्त घटनामा पक्राउ परेका प्रतिवादीको बयानका आधार सोतीकै अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ । उनको नाम खुलाइएको छैन । दुवै जनालाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइने रुकुम प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?