दुल्लुबाट बालकसहित ३ संक्रमित डिस्चार्ज

ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिकास्थित छिउडी–पुसाकोट स्वास्थ्यचौकीबाट ३ संक्रमितलाई डिस्चार्ज गरिएको छ । दुई वर्षीय बालक, ३३ वर्षीया गर्भवती र ३० वर्षीया महिलालाई सोमबार डिस्चार्ज गरिएको हो । 

दुल्लुबाट बालकसहित ३ संक्रमित डिस्चार्ज

दुल्लु नगरपालिकाले स्वास्थ्यचौकीलाई अस्थायी कोरोना अस्पताल बनाएको छ । आइसोलेसनमा डा. प्रशान्त चौलागाईंसहित ५ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्थानीय तहले संक्रमितलाई डिस्चार्ज गरेको यो पहिलो घटना भएको नगरप्रमुख घनश्याम भण्डारीले दाबी गरे । उनका अनुसार डिस्चार्ज गरिएकाहरुमा १० दिनअघि संक्रमण देखिएको थियो । उनीहरुमा महेन्द्र जयदेवी माविको क्वारेन्टाइनमा बसेको बेला संक्रमण पुष्टि भएको हो । सोमबार पुन: पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यचौकीको आइसोलेसनमा अहिले ३९ जना संक्रमितको उपचार भइरहेको नगरप्रमुख भण्डारीले बताए । उनका अनुसार स्वास्थ्यचौकीलाई ४५ शय्याको आइसोलेसनको रुपमा रुपान्तरण गरिएको छ । नगरपालिकामा २ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको र ५३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । यसअघि १ हजार २ सय ६६ जनाको आरडीटी गर्दा ४६ जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो ।


प्रकाशित : जेष्ठ २६, २०७७ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?