चन्दननाथ नगरपालिकाका २ वडा सिल

एलपी देवकोटा

जुम्ला — कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चन्दननाथ नगरपालिकाका २ र ३ नम्बर वडा सिल गरिएको छ ।

कर्णाली प्राविधिक शिक्षालयमा बस्दै आएका व्यक्तिमा संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्‍वारेन्टाइन केन्द्र स्थापना गरिएको छ । समुदायस्तरमा संक्रमण फैलने जोखिम भएपछि पहिलो चरणमा २ वडा सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

उनका अनुसार पूर्वमा देवलडाँडा, पश्चिम जुगाडखोला, उत्तर सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्लाभित्रको क्षेत्रलाई सिल गरिएको हो ।

अहिले ३ दिनका लागि वडा सिल गरिएको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिएसँगै जुम्लामा ३ दिनदेखि निषेधाज्ञा जारी छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?