कर्णालीमा शुक्रबार थप १ सय जनालाई कोरोना संक्रमण

दैलेखमा थप ९१ जनालाई संक्रमण

सुर्खेत — कर्णालीमा शुक्रबार थप १ सय जनामा संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ सय ८९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीमा शुक्रबार थप १ सय जनालाई कोरोना संक्रमण

शुक्रबार पुष्टि भएकामध्ये ९१ जना दैलेखका छन् । जुम्लाका ३ जना र सुर्खेत, हुम्ला तथा जाजरकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल कर्णालीमा रहेका गोरखा, रामेछाप र दोलखाका ३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेशको डोल्पा र रुकुम पश्चिम बाहेक सबै जिल्लाहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?