जुम्लाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

एलपी देवकोटा

जुम्ला — जुम्लाको क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका –८, धुपीढुस्का माध्यामिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

जुम्लाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

‘मृतक २१ गते जिल्लाबाहिरबाट आएका थिए,’ उनले भने, ‘स्वाबको नमुना संकलन लिन चिकित्सकसहित म पनि तलिउम जाँदैछु, रिपोट नआएसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

उनी दमको बिरामी थिए भन्ने प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?