दैलेखमा थप १०५ जनामा कोरोना संक्रमण

एलपी देवकोटा

जुम्ला — दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

दैलेखमा थप १०५ जनामा कोरोना संक्रमण

दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १० पुगेको छ ।

मुगुका संक्रमित भने खत्याडका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ पुष्टि भएका संक्रमितको संख्या २ सय १३ पुगेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?