१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सल्यानमा दुई दिनमा सय शय्याको आइसोलेसन कक्ष निर्माण

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–२, लुहापिङ्गको सल्यान बहुमखी क्याम्पसमा दुई दिनमा सय शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमित बढ्दै गएपछि उनीहरुलाई राख्ने ठाँउको अभाव भएपछि सल्यान क्याम्पस सल्यानमा आइसोलेसन कक्ष निर्माण गरिएको हो । 

सल्यानमा दुई दिनमा सय शय्याको आइसोलेसन कक्ष निर्माण

नेपाली सेनाको समन्वयमा रातदिन गरेर दुई दिनमा आइसोलेसन कक्ष निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । जिल्लाको अस्पतालमा २४ शय्याको मात्र आइसोलेसन कक्ष भएको र संक्रमितको संख्या बढ्दै गएपछि सुविधायुक्त आइसोलेसन कक्ष निर्माण गरिएको उनले जानकारी गराए । उनका अनुसार निर्मित आइसोलेसन कक्ष जिल्ला अस्पतालको मातहतमा रहने छ ।

‘आइसोलेसन कक्षको अभावमा बन्गाड, दार्मा, कुमाख र कपुरकोटमा देखिएका ५४ जना संक्रमितमध्ये बनगाड कुपिण्डे नगरपालिकाका ४२ मध्ये १२ जना जिल्ला अस्पताल र १३ सुर्खेतको कारागाउँस्थित अस्पतालमा राखिएको छ । अन्य सबै क्वारेनटाइनमा नै बस्दै आएका छन् । क्वारेन्टाइनमा कोचाकोच गरी बस्दै आएकालाई सल्यान क्याम्पसको भवनमा निर्माण गरिएको आइसोलेसन कक्षमा राखिने प्रमुख जिल्ला अधिकारीले बताए । संक्रमितको संख्या बढ्दै गएकाले बनगाड कुपिण्डे नगरपालिकामा पनि सय शय्याको आइसोलेसन बनाउने तैयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

आइसोलेसन कक्ष निर्माणमा कति खर्च लाग्यो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र सबै सामग्री उधारो ल्याएर जडान गरेको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले बताए ।

कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा गरीएको पीसीआर परीक्षणबाट बन्गाड कुपिण्डे नगरपालिकामा ४२, दार्मामा नौ, कुमाखमा दुई र कपुरकोट गाउँपालिकामा एक जनामा कोरोसा संक्रमण पुष्टि भएका छन् । जसमध्ये अहिलेसम्म २५ जना मात्र आइसोलेसन कक्षमा बसेका उनले जानकारी गराए । डाक्टर मगरका अनुसार जिल्ला अस्पतालमा २४ शय्याको मात्र आइसोलेसन भएकाले लक्षण नदेखिएका सबै संक्रमितलाई बिहीबार नै ल्याएर नयाँ आइसोलेसन कक्षमा राखिने छ । सल्यान क्याम्पसमा सय शय्याको आइसोलेसन निर्माण भएपछि धेरै राहत हुने उनको भर्ना छ ।

जिल्लाका १० स्थानीय तहमा तीन साताअघि घारतबाट आरएका दुई हजारमध्ये एक हजार ६ सयको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको र अहिलेसम्म करिब ४ सयको पीसीआर परीक्षण भएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?