प्रहरी चौकी आक्रमणको आरोपमा वडाध्यक्ष पक्राउ

हरि गौतम

रुकुम पश्चिम — प्रहरी चौकी तोडफोडमा संलग्न वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसीसहित राजन केसी र खिलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो । 

मंगलबार राति वडाध्यक्ष केसीसहितको समूहले मुसीकोट नगरपालिका–१४, छिवाङज्युलामा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका थिए । घटनापछि वडाध्यक्ष केसी फरार थिए । घटनामा संलग्न ६ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

उनका अनुसार अभद्र व्यवहार गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट बुधबार १० दिनको म्याद थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले वडाध्यक्षसहित ३ जनाविरुद्ध म्याद थप गरिएको र अन्यको खोजी तीव्र पारिएको बताए । उनका अनुसार तोडफोडका क्रममा जाँच गर्ने पोष्ट, चौकीमा रहेका फर्निचरलगायत सामग्रीमा क्षति पुगेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

हङकङ मामिलामा चीनलाई नेपालको साथ 

नेपालले फेरि भन्योः नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध 
कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले हङकङ लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर विवाद भइरहेको बेलामा नेपालले चीनको पक्षमा बोलेको छ ।

नेपालले एक चीन नीतिलाई लिएर दोहोर्‍याउँदै हङकङलाई चीनको अभिन्‍न अंगको रुपमा लिएको जनाएको हो ।

चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले उक्त प्रतिक्रिया दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’

केहि पश्‍चिमा मुलुकहरुले भने चीनले हङकङलाई शासन गर्न ल्याएको उक्त कानुनको विरोध गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×