कोरोना संक्रमण बढ्दै गएपछि मुगुमा निषेधाज्ञा

राजबहादुर शाही

मुगु — कर्णालीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मुगुमा निषेधाज्ञा जारी गरेको छ । जिल्लाबाहिर र भारतबाट आउने व्यक्तिका कारण संक्रमण बढ्ने भन्दै प्रशासनले मंगलबारदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको हो । 

कोरोना संक्रमण बढ्दै गएपछि मुगुमा निषेधाज्ञा

प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक कामबाहेक कोही पनि घरभन्दा बाहिर निस्कन नपाउने उल्लेख छ । अनुमति प्राप्त सवारी साधनबाहेक अन्य यातायातका साधन जिल्ला प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । उनले निषेधाज्ञा पालनाका लागि जिल्लाभरि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जनाए । ‘जिल्लामा पनि संक्रमित भेटिए,’ उनले भने, ‘भारतबाट फर्कने स्थानीयका कारण संक्रमणले महामारीको रुप लिने देखिएपछि निषेधाज्ञा जारी गरेका हौं ।’

प्रकाशित : जेष्ठ २१, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?