१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कर्णालीमा ४ महिने बालकसहित थप १६ जनामा कोरोना संक्रमण

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् । 

कर्णालीमा ४ महिने बालकसहित थप १६ जनामा कोरोना संक्रमण

थप संक्रमितहरु दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ८ का एक जना, नारायण नगरपालिका वडा नम्बर २ का ५ जना र दुल्लु नगरपालिका वडा नम्बर २ का एक जना रहेका छन् ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ३ का २ जना रहेका छन् । त्यस्तै कालीकोटका महावै गाउँपालकिा वडा नम्बर २ का एक जना, महावै गाउँपालिका वडा नम्बर ४ का ४ महिने बालकसहित २ जना, तिलागुफा नगरपालिका वडा नम्बर २ का एक जना, पलाँता गाउँपालिका वडा नम्बर ७ का एक जना, शुभकालिका गाउँपालिका वडा नम्बर ३ का एक जना र सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर २ का एक जना रहेका छन् । संक्रमितहरुमध्ये एक जना महिला र बाँकी पुरुष रहेका छन् ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या २ सय ७८ पुगेको छ ।


प्रकाशित : जेष्ठ २१, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?