कर्णालीमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कर्णालीमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो

योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमितहरु १४ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन्।

पछिल्लो समय कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितहरुको संख्या पनि बढिरहेको छ ।सोमबार मात्रै कर्णालीका विभिन्न जिल्लामा ६७ जना संक्रमित थपिएका थिए स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझसम्म कर्णालीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ४ सय ७४ जना रहेका छन् ।


प्रकाशित : जेष्ठ २०, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?