कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

'समयमै व्यवस्थापन नगरे कर्णालीमा खाद्यान्न संकट'

कोरोना भाइरस संक्रमण फैलँदै गएपछि ढुवानी नहुँदा कर्णाली प्रदेशमा खाद्यान्नको मौज्दात कम हुँदै गएको छ ।
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा खाद्यान्नको मौज्दात कम हुँदै गएको छ । कोरोना भाइरस संक्रमण फैलँदै गएपछि ढुवानीकर्ताले ढुवानी नगर्दा मौज्दात घट्न थालेको हो । 

'समयमै व्यवस्थापन नगरे कर्णालीमा खाद्यान्न संकट'

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका अनुसार प्रदेशभर रहेका शाखा कार्यालय र डिपोमा २६ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीका प्रबन्धक भीम थापाले सुर्खेतमा ५ हजार ६ सय ३८ सय क्विन्टल चामल मौज्दात रहेको बताए । ‘पूर्वबाट हुने ढुवानी सबै ठप्प छ,’ उनले भने, ‘पश्चिमतिर कोरोनाको संक्रमण बढिरहेकाले ढुवानीकर्ता त्रसित छन्, लामो समय ढुवानी रोकिएपछि समस्या देखियो ।’ प्रदेश सरकारले समयमै खाद्यान्नको व्यवस्थापन नगरे संकट निम्तिने उनको दाबी छ ।

सुर्खेतमा भएको मौज्दातले करिब एक महिना पुग्ने कम्पनीले जनाएको छ । जिरा मसिना, सोना मन्सुली, झापाको रञ्जित र जापानिज चामल बेच्दै आएको कम्पनीमा अहिले जापनिज चामलमात्रै छ । ‘भारतबाट धेरै संख्यामा मान्छे आउँछन् भन्ने थाहा भएन,’ उनले भने, ‘यतिको संख्यामा थपिने भन्ने यकिन पहिले नै भएको भए धेरै ढुवानी गरिन्थ्यो ।’

लिमिटेडको जुम्ला शाखामा ९ सय ६४ क्विन्टल चामल मौज्दात छ । जिल्लाका २ डिपोमा खाद्यान्न मौज्दात नभएको कार्यालय प्रमुख तिलक सुनारले बताए । उनका अनुसार बाटो बिग्रिएपछि चामल ढुवानी गर्न समस्या भएको छ । डोल्पा शाखामा पनि ३ हजार ९ सय ९५ क्विन्टल चामल मौज्दात रहेको प्रमुख कमलराज पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगन्ज र तुल्सीपुरबाट करिब २ हजार क्विन्टल चामल ढुवानी हुन बाँकी छ । कम्पनीका अनुसार कालीकोटमा २ हजार २ सय ८०, मुगुमा ३ हजार र हुम्लामा ५ हजार ८ सय क्विन्टल मौज्दात छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?