सल्यानमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो

विप्लव महर्जन

सल्यान — सल्यानमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । संक्रमित सबै बन्गाड कुपिण्डे नगरपालिकाका रहेका छन् । प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणअनुसार सोमबार थप १९ जनामा पीसीआर पोजिटिभ भेटिएपछि संक्रमितको संख्या ४४ पुगेको हो । 

सल्यानमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो

दुई दिनअघि मात्र पीसीआर परीक्षण गर्दा २५ जना संक्रमित भेटिएका थिए । बन्गाड कुपिण्डे नगरपालिका १ का दुई, ३ का का ६, ४ का ३, ५ का ३, ६ का ३ र ७ का २ पुरुष रहेका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी गराएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।

संक्रमित थप १९ जनालाई बन्गाड कुपिण्डेको नगरपालिकाका विभिन्न क्‍वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जन बुढामगरले बताए । जिल्ला अस्पतालमा १५ बेडकात्रे मात्र आइसोलेसन भए पनि थपिएका संक्रमितलाई सल्यान बहुमुखी क्याम्पसमा बनाउन थालेको आइसोलेसनमा राखिने उनले जानकारी गराए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?