कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ३३ पुग्यो

काठमाडौँ — कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ । सोमबार साँझ थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या २ सय ३३ पुगेको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मी नारायण तिवारीले बताए । 

कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ३३ पुग्यो

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेशष प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमध्ये २ जना महिला र ३३ जना पुरुष छन् ।

थपिएका नयाँ संक्रमितहरु मध्ये सुर्खेतको लेकबेसीं नगरपालिकाका १२ जना,पञ्‍चपुरी नगरपालिकाका १ जना र भेरीगंगा नगरपालिकाका ३ जना गरी १६ जना रहेका छन् । त्यस्तै दैलेखको नारायण नगरपालिकाका ७ जना र चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिकाका १/१ जना छन् ।

सल्यानको वनगाडकुपिन्डे नगरपालिकाका ९ जना छन् । अछामको चौरपाटी गाउँपालिकाका १ जना छन् । संक्रमितहरुको उमेर ४ देखि ६१ वर्षका रहेका छन् ।

सोमबार बिहान मात्रै कर्णालीका विभिन्न जिल्लाहरुमा ७५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?