कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गर्भवतीमा कोरोना संक्रमण 

दैलेख — दुल्लु नगरपालिका–६, छिउडीकी २३ वर्षीया गर्भवती महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । उनी ६ दिनअघि भारतको राजस्थानबाट दैलेख पुगेकी थिइन् । क्वारेन्टाइनमा बस्दै आएकी उनलाई व्यथा लागेपछि दुल्लु अस्पतालमा लगिएको थियो ।

गर्भवतीमा कोरोना संक्रमण 

अस्पतालमा पुर्‍याइएपछि स्वाब संकलन गरिएको दुल्लु अस्पतालकी डा. पुजा विसीले बताइन् । उनका अनुसार अवस्था सामान्य भए पनि उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनी पति र २ वर्षको छोरासहित नेपाल फर्किएकी थिइन् । ‘क्वारेन्टाइनमा हुँदा व्यथाले च्यापेपछि अस्पताल ल्याइएको हो,’ उनले भनिन्, ‘अस्पतालको क्षेत्र सानो भएकाले सिल गर्ने तयारी गरिएको छ ।’ संक्रमित महिलाको परिवार राजस्थानबाट रुपैडियासम्म रिजर्भ गाडीमा आएको थियो भने नेपालगन्जबाट स्थानीय तहले उद्दार गरी गाउँ पुर्‍याएको हो । डा. विसीले महिलाका पति र बच्चामा पनि संक्रमणको आंशका गरिएको बताइन् ।

क्वारेन्टाइमै जन्मिइन् छोरी

ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टाइमै छोरीलाई जन्म दिएकी छिन् । २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेकी १९ वर्षीया मिना विकले क्वारेन्टाइनमै बच्चा जन्माएकी हुन् ।

गाउँकै क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पठाइएको थियो । बच्चा जन्मेको २४ घण्टापछि क्वारेन्टाइनमा फिर्ता गरिएको स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मी रावतले बताइन् । १२ जनाको परिवार नै घरमा बसेकाले उनलाई क्वारेन्टाएनमा पठाइएको उनको भनाइ छ । उनका अनुसार महिलाको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरिएको छ । स्वास्थ्यचौकीका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?