१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यार्सा संकलन र विद्यालय खोल्न केन्द्र सरकारलाई सिफारिस

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम कम देखिएका हिमाली जिल्लामा विद्यालय खोल्न र यार्चा संकलन खुला गर्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकमार्फत यस्तो सिफारिस गरिएको हो ।

यार्सा संकलन र विद्यालय खोल्न केन्द्र सरकारलाई सिफारिस

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । यद्यपि प्रदेश सरकारले सुरक्षित भने पनि कालीकोट र जुम्लामा संक्रमितको संख्या बढिरहेको छ । सोमबारसम्म कालीकोटमा १८ र जुम्लामा १९ जना संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । यसको लागि भारतबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

बैठकले हुम्ला र डोल्पाको माथिल्लो भेगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तिब्बत तर्फबाट हुने ढुवानीमा समस्या उत्पन्न भएका कारण वैकल्पिक व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको छ ।


प्रकाशित : जेष्ठ १९, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?