कर्णालीमा थप ७५ जनामा कोरोना, कर्णालीमा संक्रमित १९८

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ । 

कर्णालीमा थप ७५ जनामा कोरोना, कर्णालीमा संक्रमित १९८

सोमबार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका ३१ जनामा संक्रमण देखिएको हो । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिको परीक्षणमा जुम्ला र दैलेखका ४२ जनामा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमितहरु दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका ५ जना रहेका छन् । यसअघि मन्त्रालयले आइतबारसम्म १ सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो ।

सोमबार संक्रमण पुष्टि भएकामध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी छन् । भारतबाट आएका र क्वारेन्टाइनमा बसिरहेकालाई मात्र कोरोना संक्रमण देखिएकोमा पहिलोपटक क्वारेन्टाइनबाहिर प्रहरीलाई संक्रमण देखिएको हो ।

प्रकाशित : जेष्ठ १९, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?