१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णालीमा संक्रमितको संख्या १०५ पुग्यो

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — कर्णालीका ५ जिल्लामा कोरोना संक्रमण देखिएको छ । शनिबारसम्म १ सय ५ जना संक्रमित पुष्टि भएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ ।

कर्णालीमा संक्रमितको संख्या १०५ पुग्यो

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शुक्रबार र शनिबार गरी ५९ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु दैलेखका १५, सल्यानका २५, कालीकोटका १७ र सुर्खेतका १ रहेका छन् । प्रदेशबाहिर शनिबार बाजुराका १ जना र त्यसअघि बझाङका १ जनामा संक्रमण देखिएको उनले बताए ।

उनका अनुसार अब कर्णालीका पाँच जिल्लामा संक्रमण देखिएको छ । दैलेखमा ३१ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १७ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ । बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?