रुकुम घटनाको विरोधमा जुम्लामा प्रदर्शन

एलपी देवकोटा

जुम्ला — गत शनिबार रुकुम पश्चिममा भएको घटनाको विरोधमा जुम्लामा युवाहरुले प्रदर्शन गरेका छन् । दलितसम्बन्धी कानुन फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिबार उनीहरुले आन्दोलन थालेका हुन् ।  

रुकुम घटनाको विरोधमा जुम्लामा प्रदर्शन

जातीय विभेद तथा छुवाछूत कसुर ऐन–२०६८ लगायत कानुनले दलित समुदायलाई न्याय दिन नसकेको भन्दै आन्दोलन गर्नु परेको सहभागीले बताएका छन् ।

पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको आन्दोलनका अगुवा धनराज सुनारले बताए । ‘हाम्रै लागि लागू गरिएको कानुनले हामीलाई न्याय दिन सकेन,’ उनले भने, ‘जुन कानुन जनताको हितमा छैन, त्यो हामीले मानिरहनु जरुरी छैन ।’ उनका अनुसार शुक्रबार दलित अगुवाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । उनले विभिन्न माध्यमबाट दैनिक विरोधका कार्यक्रम जारी राखिने बताए ।

जेठ १० गते शनिबार जाजरकोटबाट पुगेका युवालाई रुकुम पश्‍चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । उक्त घटना अन्तरजातीय सम्बन्धलाई लिएर भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?