दैलेखको एउटै नगरपालिकामा ८ जना संक्रमित

ज्योति कटुवाल

दैलेख — बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीको समाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण देखिएका सबै दैलेखको नारायण नगरपालिकाका हुन् । 

नारायण नगरपालिकाका वडा नं १, ३, ५ र ६ का ६ जना पुरुष, १ महिला र १ बर्षिय बालकमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमण देखिएका मध्ये अधिकांश भारतबाट आएका भएको बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उदयपुरमा लकडाउन उल्लंघन गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारका दुई युवकलाई लकडाउन उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

सवारी पास नलिई अवैध रुपमा सुर्ती ल्याएको आरोपमा स्थानीय ३० वर्षीय सुरेन्द्र गुप्ता र राकेश साहलाई प्रहरीले लकडाउन उल्लघनको मुद्दा दर्ता गरेको हो । उनीहरुलाई दुई दिन पहिले मंगलबार अवैध रुपमा सुर्ती ल्याउँदै गर्दा प्रहरी चौकी लालपताले पक्राउ गरेको थियो ।

स ८ प ९७२६ र बा ४० प ८०५३ नम्बरको मोटरसाइकलमा सप्तरीबाट दुई बोरा सुर्ती ल्याउँदै गरेको अवस्थामा ती दुई युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उनीहरुविरुद्ध ‘लकडाउन उल्लंघन’ शीर्षकमा जिल्ला पशासन कार्यालयमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बुढामगरले बताए । पक्राउ गरिएका गुप्ता र साहको षियमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बुधबार नै मुद्दा हेर्ने अधिकारी (प्रमुख जिल्ला अधिकारी) समक्ष उपस्थित गराई प्रहरीले थुनामा राखेको छ । पक्राउ गरिएका गुप्ता र साहलाई ‘संक्रामक रोग ऐन २०२०’ अन्र्तगत मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित : जेष्ठ १५, २०७७ १३:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×