कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्णाली प्रदेशद्वारा कोरोना नियन्त्रणका लागि सेना परिचालनको स्वीकृति माग

कलेन्द्र सेजुवाल

(सुर्खेत) — कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका उनीहरु सबै सुर्खेतका हुन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । 

कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले संक्रमितमध्ये १० जनालाई मेहलकुनास्थित अस्पतालमा पठाउने र बाँकीलाई प्रदेश अस्पतालमै राख्‍ने तयारी भइरहेको बताए । उनका अनुसार मंगलबार राति मृत्यु भएका एक युवाको स्वाब परीक्षणमा भने कोरोना देखिएको छैन । बाथ रोगका बिरामी २२ वर्षीय ती युवाललाई बाटोमै रोगले च्यापेपछि प्रदेश अस्पताल लगिएको थियो । अस्पतालले राति करिब १२ बजे मृत घोषणा गरेको थियो ।

यसैबीच, कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि सेना परिचालन गर्न स्वीकृतिको लागि नेपाल सरकारसँग अनुरोध गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णयसहित सहयोग मागेको सरकारकी प्रवक्ता विमला केसीले बताइन् ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भई भारतबाट ठूलो नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेकोले यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको छ,’मन्त्री केसीद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सुरक्षासम्बन्धी अन्य कार्यहरुमा समेत खटिनुपर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्‍वारेन्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकोले यस कार्यका लागि सेनासमेत परिचालन गर्नुपर्ने स्थितिमा सोको लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।’

प्रकाशित : जेष्ठ १४, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?